PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

आइपिएल अक्सनमा कुल ३५१ खेलाडी, अफगानिस्तानबाट ५ खेलाडी, कसको बेस प्राइज कति?



पहिलोपोस्ट

आइपिएल अक्सनमा कुल ३५१ खेलाडी, अफगानिस्तानबाट ५ खेलाडी, कसको बेस प्राइज कति?

इन्डियन प्रिमियर लिग आइपिएलको दशौं संस्करणको खेलाडी लिलामी (प्लेअर अक्सन) फेब्रुअरी २० मा बैंगलोरमा हुँदैछ। 

जसमा १२२ अन्तर्राष्ट्रिय खेलाडीसहित कुल ३५१ खेलाडी छन्। यस्तै एसोशियट राष्ट्रबाट ६ खेलाडी छन् भने ५ खेलाडी अफगानिस्तानका छन्। एक खेलाडी युएईबाट छन्।

यस्तै ३५१ सदस्यीय सूचीमा भारतका २३ अन्तर्राष्ट्रिय खेलाडी छन्। यो सूचीमा सुदिप त्यागी मात्र पर्न असफल भए।

अक्सनका लागि सुरुमा ७९९ खेलाडीको नाम आयोजकले सार्वजनिक गरेपनि आठ फ्रेन्चाइज टोलीले ३५१ खेलाडीमाथि मात्र बोलि लगाउन पाउनेछन्।

एसोशियट सदस्यमध्ये अफगानिस्तानका कप्तान असगर स्टानिकजाई, मोहम्मद शेहजाद, रसिद खान, मोहम्मद नावी र दवलत जद्रान छन् भने युएईका चिराग सुरी छन्। शेहजाद र रदि खानको बेस प्राइज ५० लाख भारतिय रुपैया राखिएको छ।
 
यसअघि नै आठ टीमले रिटेन गरेका खेलाडी बाहेक अक्सनमा भातरिय फास्ट बलर इशान्त शर्मासहित सात खेलाडीको बेस प्राइज सबैभन्दा धेरै छ। 
इशान्त शर्मा, इंगल्याण्डका अलराउण्डर बेन स्टोक्स, इंगल्याण्डका वान डे कप्तन इयान मोर्गन, अलराउण्डर क्रिस वोक्स, अष्ट्रेलियन फास्ट बलर मिचेल जोनसन र प्याट कमिङ्स र श्रीलंकन कप्तान एन्जेलो म्याथ्युजको बेल प्राइज २ करोड भारतिय रुपैया छ।

आइपिएलमा प्रत्येक टीमले ६६ करोड भारतिय रकम खर्च गर्न पाउनेछ। यस्तै एक टीमले बढीमा ९ अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउनेछ भने कुल २७ खेलाडी टीममा राख्न पाउनेछ। 

यसअघि नै आठवटै टीमले रिटेन गर्ने र रिलिज गर्ने खेलाडी तय गरिसकेका छन्। 

अक्सनमार्फत खेलाडी खरिद गर्नका लागि दिल्ली डेयर डेभिल्स र किंग्स एलेभेन पञ्जावले बढी खर्च गर्न पाउनेछ भने मुम्बाई इन्डियन्स र गुजरात लायन्ससँग कम रकम छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell