काठमाडौं : दोस्रो संस्करणको शेख कमाल इन्टरनेशनल क्लब कपमा सहभागी हुन मनाङ मर्स्याङदी फुटबल क्लब बुधबार बंगलादेश प्रस्थान गर्दैछ।
बंगलादेश जाने २३ खेलाडीसहित ३१ सदस्यीय टोलीलाई मंगलबार क्लबले एक कार्यक्रबीच बिदाइ गरेको छ।
प्रतियोगिताको समूह बी मा रहेको मनाङले आफ्नो पहिलो खेलमा बंगलादेशकै मोहम्मेदन स्पोर्टिङसँग खेल्नेछ।
समूह बीमा मनाङ र मोहम्मेदनसँगै अफगानिस्तानको साहिन अस्माय र बंगलादेशकै चितागोन अवहानी रहेका छन्।
यस्तै समूह ए मा बैंगलादेशको ढाका अबहानी, किर्गिस्तानको एफसी अल्गा, दक्षिण कोरियाको पोचने सिटिजन र माल्दिभ्सको टिसी स्पोर्ट्स क्लब रहेका छन्।
प्रतियोगिता फेब्रुअरी १८ अर्थात आगामी शनिबारबाट मार्च २ सम्म चितागोनस्थित एमए अजिज स्टेडियमा हुनेछ।
- बंगलादेश जाने मनाङको टोली
- एडामा बो सिसोको
- अफिज ओलावाले ओलाडिपो
- अमिर केसी
- अनिल गुरुङ
- विक्रम लामा
- विमल बस्नेत
- विमल राना
- विराज महर्जन
- विशाल राई
- देवेन्द्र तामाङ
- दिप कार्की
- दिनेश थापा मगर
- दोन थापा
- हेमन्त थापा मगर
- कमल श्रेष्ठ
- निराजन मल्ल
- रोहित चन्द
- सोनाम गुरुङ
- सुजल श्रेष्ठ
- सुशिल लामा
- ओगाबेमिरो ओलासेमी सामसन
- तेन्जिङ गुरुङ
- विजय घले
- मुख्य प्रशिक्षक : छिरिङ लोप्सान गुरुङ
- सहायक प्रशिक्षक : हेमन्त आले
- टीङ्ग म्यानेजर : पेम्वा गुरुङ
- फिजियो : सन्जित खड्का
- अफिसियल : मुखिया कान्छा गुरुङ
- अफिसियल : सोनाम वाङ्ग्याल गुरुङ
- अफिसियल : मुखिया लामा
- मिडिया अफिसर : दिल बहादुर तामाङ