PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

केन्यासँग खेल्नुअघि नेपालले एक साता भारत भ्रमण गर्ने



पहिलोपोस्ट

केन्यासँग खेल्नुअघि नेपालले एक साता भारत भ्रमण गर्ने

काठमाडौं : वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने पाँचौं चरणको खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टीमले थप एक्सपोजरको लागि भारत भ्रमण गर्ने भएको छ।
 
नेपालले आगामी मार्च ११ र १३ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा केन्यासँग दुई खेल खेल्दैछ। त्यसैको लागि २४ सदस्यीय नेपाली टीम अहिले बन्द प्रशिक्षणमा छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँगको सहकार्यमा नेपालले भारत भ्रमण गर्न लागेको हो।
 
भारत भ्रमणबारे आइसिसीलाई जानकारी गराइसकेको र आइसिसीले अप्रुभ गरेपछि भ्रमण तय हुने मुख्य प्रशिक्षक जगत टमाटाले पहिलोपोस्टलाई जानकारी दिए।
 
उनका अनुसार नेपाली टोली फेब्रुअरी २४ देखि एक सातासम्मको लागि भारत जानेछ। त्यसअघि दोस्रो चरणमा छनोट भएका २४ बाट वैकल्पिकसहित १८ खेलाडीको छनोट गरिने पनि टमाटाले जनाए।
 
बन्द प्रशिक्षणमा छानिएका २४ मध्ये ७ जना नयाँ खेलाडी छन्। त्यसैले यो पटक अन्तिम टोलीमा समेत केही नयाँ खेलाडी पर्ने सम्भावना छ।
 
यसअघि राष्ट्रिय टीमबाट खेलिसकेका विकेटकिपरद्वय सुवास खकुरेल, राजु रिजाल, ओपनर अनिल मण्डल, नरेश बुढाएर, प्रदिप ऐरी, पृथु बास्कोटा, जितेन्द्र मुखिया जस्ता खेलाडी भने २४ सदस्यीय टीममा पर्न सकेनन्।
 
केन्या विरुद्धको खेललाई नै मध्यनजर गर्दै अष्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले नेपालका उत्कृष्ट ३२ खेलाडीलाई दुई साता हाई पर्फमेन्स ट्रेनिङ गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell