PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

धुर्मुस-सुन्तलीले मुसहर बस्तीमा यसरी मनाए भ्यालेन्टाइन्स डे



पहिलोपोस्ट

धुर्मुस-सुन्तलीले मुसहर बस्तीमा यसरी मनाए भ्यालेन्टाइन्स डे

महोत्तरी : तेस्रो एकीकृत बस्ती निर्माणमा जुटेका कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन्।



प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकीकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन्। मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमती नै बस्तीमा पुगेको उनीहरुले बताए। व्यस्तताका कारण मायाप्रेमका लागि खासै फुर्सद नभएकाले मुसहरहरुसँगै काम गर्दै दिवस मनाउन लागेको उनीहरुको भनाइ छ। प्रगाढ प्रेमकै कारण सामाजिक काममा पनि मन एक भएको भन्दै उनीहरुले एक अर्काप्रतिको विश्वास भए असम्भव केही नभएको धारणा राखे।


सीताराम कट्टेलले सुनाए, 'पहिलेका प्रेम दिवसभन्दा यसपालिको प्रेम दिवस अझै विशेष बनेको छ।' मुसहरहरुको माझमा रहेर उनीहरुको दु:ख पीडालाई टाढा गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुसी लागेको कुञ्जना घिमिरेले बताएकी छन्। मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने बताउँदै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप रहेको धारणा राखेका छन्।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell