
अष्ट्रेलियन क्रिकेटर एडम भोग्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। श्रीलंका विरुद्ध प्राइममिनिस्टर-११ को नेतृत्व गर्नु एकदिन अघि उनले सन्यास लिने घोषण गरेका हुन्।
भोग्सले उक्त गेम नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका छन्। 'मेरो लागि यो नै अन्तिम खेल हो', भोग्सले भने।
गत नोभेम्वरमा शेफिल्ड शिल्ड खेल्ने क्रममा बाउन्सरले लागेर ढलेपछि ३७ वर्षे भोग्सले टेष्ट क्रिकेट खेलेका छैनन्।
भोग्सले सन् २०१५ मा ३५ वर्षको उमेरमा टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए। उनी टेष्ट क्रिकेटमा डेब्युमै सेन्चुरी प्रहार गर्ने सबैभन्दा बढी उमेरका खेलाडी समेत हुन्। उनले वेष्ट इन्डिज विरुद्ध नटआउट १३० रन बनाएका थिए।
भोग्स टेष्ट क्रिकेटमा डोनाल्ड ब्राडम्यानपछि राम्रो ब्याटिङ औसत भएका खेलाडी हुन्। २० टेष्टमा ३१ इनिङ खेलेका भोग्सले ५ शतक सहित १४८५ रन प्रहार गरेका छन्। उनको औसत ६१.८७ रहेको छ। उनीभन्दा अघि ब्राडम्यानको ९९.९४ छ।
यस्तै ३१ वान डे क्रिकेट म्याच खेलेका भोग्सले वेष्ट इनिडज विरुद्ध नै एक शतक समेत प्रहार गरेका छन्।