PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

क्रश र लभको भ्रममा परेकी थिएँ : केकी अधिकारी



पहिलोपोस्ट

क्रश र लभको भ्रममा परेकी थिएँ : केकी अधिकारी

काठमाडौं: एसएलसी दिएर भर्खर प्लस टू पढ्न थालेकी थिइन् नायिका केकी अधिकारी। ह्वाइट हाउस कलेज पुगेकी उनले पहिलो पटक आफू प्रेममा परेको महसुस गरिन्। कलेजकै एउटा केटाले उनको दिल चोरेको थियो। तर निकै पछि मात्र उनले थाहा पाइन् त्यो आकर्षणलाई 'लभ'को संज्ञा दिदैँ रमाइ रहेकी थिइन् उनी।

'उमेर नै त्यस्तै थियो, कोही मन पर्‍यो त पर्‍यो, केकी सम्झिन्छन्, 'तर अँ हँ मैले भन्नै सकिन।' प्लस टूको दुई वर्षसम्मको एकोहोरो आकर्षणले सम्बन्धको केकी जीवनमा लभको आकार लिन सकेन।

'उ मेरो फस्ट क्रश थियो।'

तर अहिले केकीको 'लभ' बारे धारणा बद्लिएको छ। 'हरेक विषयलाई बुझ्ने, नियाल्ने, व्याख्या गर्ने शैलीमा व्यक्तिगत परिवर्तन आफैलाई महसुस हुँदो रहेछ', आफूले पनि प्रेमलाई समय अनुसार फरक ढङ्गले बुझेको बताउँछिन् उनी। उमेरले २८ लागेकी केकी भन्छिन्,'सानोमा प्रेम भन्नासाथ आमाको माया बुझ्थें। बिस्तारै मैले प्रेम गर्नेहरुको लिस्टमा परिवार, आफन्त र साथीहरु थपिए।'

मायाको कुरा गर्दा केकी रोमाञ्चित बन्छिन्।

'माया, जीवनका हरेक अवस्थालाई आफ्नो बनाएर बाच्ने आधार हो। जीवनमा सफल हौं वा असफल, खुसी हौं वा दु: खी आफूले माया गर्ने वा आफूलाई माया गर्ने कोही साथमा छैनन् भने मान्छे आफैलाई सम्हाल्नबाट चुक्छ। प्रेम सम्बन्धहरुको केन्द्र हो।'

'हामी जसलाई आफ्नो मान्छौं ऊ प्रति प्रेम हुनु आवश्यक छ', केकी तर्क गर्छिन्, 'केटा प्रतिको वा जीवन साथी बनाउने भाव सहितको प्रेम पनि अरु सम्बन्धमा जस्तै प्रेम न हो।'

'जोसँग प्रेम हुन्छ उसैसँग विवाह हुनु भनेको भाग्य र परिस्थितीले साथ दिनु हो। अझ पहिलो प्रेम नै अन्तिम प्रेम हुनुले कस्तो अनुभुती देला?।'
मायामा जात, धर्म र उमेरले चाही केही असर नगर्ने उनको तर्क छ। भन्छिन्,'सम्मान, विश्वास र साथले हो असर गर्ने त।'

केकी भन्छिन् – 'माया बाहिर देखिन आवश्यक छैन। तर देखाउने नदेखाउने व्यक्तिगत कुरा हो।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell