काठमाडौः राष्ट्रपति विद्या भण्डारीले सरकारले वृद्ध बृद्धालाई संरक्षण र सम्मानित जीवन विताउने जिम्मा लिनुपर्ने भन्दै नसके निजी तथा संस्थागत क्षेत्रलाई प्रोत्सिहन गर्नुपर्ने बताएकी छन्।
काठमाडौको जहरसिंंह पौवा स्थित लप्सीफेदीमा जेपी प्रतिष्ठानले निर्माण गरेको जेष्ठ नागरिक ग्राम 'मैत्री सेवाश्रम' को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बृद्ध अबस्थामा मानिसको जीवनलाई सेवा र संक्षण आवस्यक हुने भन्दै परिवारबाट सरक्षण हुन नसक्ने बृद्ध बृद्धा राज्यको जिम्मा हुनुपर्ने बताइन्।
'बृद्ध बृद्धाहरुलाई परिवारबाट सेवा सरक्षण र सुरक्षा आवस्यक हुन्छ यदि परिवारले हेर्दैन वा सक्दैन भने त्यतिवेला राज्यकोदायित्व हुन्छ,' भण्डारीले भनिन्, 'यदी राज्यले सक्दैन भने राज्यको दायित्व पुरा गरिदिने जेपी प्रतिष्ठानजस्ता संस्थालाई राज्यले संरक्षण र प्रोत्साहन गर्नु आवस्यक छ।'
उनले प्रतिष्ठानको कामको प्रशंसा गर्दै यस्ता काम राज्यस्तरबाट पनि हुनुपर्ने बताइन्।
जेपी प्रतिष्ठान जस्ता संस्थालाई रज्यले नियमन, संरक्षण र प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्ले नयाँ संस्थालाई पनि कामका लागि प्रोत्साहन मिल्ने बताइन्।
कार्यक्रममा एक सय बृद्धबृद्धालाई एक हजार रुपैयाँ नगद, सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
विक्रम सम्मत २०६९ सालमा जेपी प्रतिष्ठानले सुरु गरेको नमुना जेष्ठ नागरिक ग्राममा ७० साल देखि बजेट पुष्तकमै कार्यक्रम राखेर सरकार जोडिएको छ। प्रतिष्ठानले 'मैत्री सेवाश्रम' नाममा सुरु गरेको 'नमुना जेष्ठ नागरिक ग्राम' निर्माण अभियानमा नेपाल सरकार र नेपाली सेनासमेत कल्याणकारी कोष मार्फत जोडिएको छ।
प्रतिष्ठानले अहिलेसम्म ३० वटा घर निर्माण गरिसकेको छ भने पुरै परियोजना सक्न ५ वर्ष लग्ने जनाएको छ।
'अहिलेसम्म प्रोजेक्ट सुरु भएको नै छैन' प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले भने, 'हामीले अहिले प्रारम्भिक रुपमा डेमोका लागि सय रोपनिमा यो निर्माण गरेका छौ, वास्तविक परियोजना ५ सय रोपनीमा अघि बढ्ने छ।'
उनले अहिलेसम्म १८ करोड लगानी भएर निर्माण सम्पन्न भएको भन्दै पाँच अर्व लगानीमा परियोजनाले पूर्णता पाउने बताएका छन्।
जेष्ठ नागरिक ग्रामलाई जेरियार्टिक अस्पताल, आध्यात्मिक केन्द्र, योग तथा ध्यान केन्द्रसहित रिसर्च सेन्टरको रुपमा विकास गरिने प्रतिष्ठानले जनाएको छ।
मैत्री सेवाश्रममा आर्थिक हैसियत भएकाहरुले पैसा तीरेर सुविधासम्पन्न रुपमा बृद्धावस्था विताउन पाउने व्ययवस्था गरेको छ भने कमजोरहरुका लागि निशुल्क सेवा सुविधान पाउने व्यवस्था मिलाउने छ।
प्रतिष्ठानले आगामी भोली देखि आगामी ११ गतेसम्म सप्ताह ज्ञान महायज्ञ सुरु गरि सय जनालाई योग, ध्यान तथा आध्यात्मिक सुद्धिको अभ्यास समेत गराउने जनाएको छ।
महायज्ञमा प्रधानमन्त्री पुष्पकमल दाहासहित पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई, मन्त्रीहरु तथा विभिन्न क्षेत्रका नेताहरु हरेक दिन जाने कार्यसूची छ।