
उत्तर कोरियाका नेता किमजोङ् उनको सौतेनी दाइको फिल्मी शैलीमा मलेसियामा हत्या भएको छ। मलेसियाको विमानस्थल क्वालालाम्पुरमा
फिल्मी शैलीमा कुम जोङ्ग नैमको हत्या भएको हो।
महिला जासुसहरुले उनलाई विष भएको सुई लगाएर हत्या गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। ती महिलाहरु उत्तर कोरियाका जासुस भएको दावी गरिएको छ। बिबिसीका अनुसार हत्याको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।
समाचार एजेन्सीहरुले समाचार एजेन्सीको हवाला दिएर समाचार सम्प्रेशण गरिरहेका छन्। मलेसियाको विमानस्थलका प्रहरी अधिकारीले विमानस्थलमा एक उत्तर कोरियाली नागरिकलाई अस्पताल लैजानेक्रममा हत्या गरिएको पुष्टि गरे पनि ति ब्यक्ती को थिए भन्ने खुलाएको छैन।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहैपलाई उद्रृत गर्दै बिबिसीले उल्लेख गरे अनुसार ४५ वर्षका किमलाई २ जना अज्ञात महिला एजेन्टहरुले आक्रमण गरेका थिए। घटनापछि उनीहरु भागेको बताइएको छ।
किम जोङ्ग नैमको हत्याको पुष्टि भएमा सन् २०१३ मा मारिएका किम जोङ्गका काका जाङ्ग सोङ्ग थेकको मृत्युदण्डपछि मारिने दोस्रो प्रभावशाली ब्यक्ती हुने समाचारमा जनाइएको छ।
समाचारमा उल्लेख भए अनुसार पहिला पनि उनको हत्या प्रयास भएको थियो। सन् २०१२ मा दक्षिण कोरियामा पक्राउ परेका उत्तर कोरियाका एक जासुसले नैमलाई सडक दुर्घटनामा पारेर हत्या गर्ने प्रयास भएको थियो। उनी सन् २०११ मा नक्कली राहदानीमा जापान जाने प्रयास गर्दा पक्राउ परेका थिए। उनलाई किम जोङ्ग इलका उत्तराधिकारीको रुपमा हेरिन्थ्यो। नक्कली राहदानीमा पक्राउ परेपछि उनी अलोकप्रिय भएका थिए।
किम जोङ्ग नेम उत्तर कोरियाका पूर्व नेता किम जोङ्ग इलका ठुलो छोरा हुन्। उनी मकाउमा बस्दै आएका थिए। योनहेपका अनुसार उनकी आमा दक्षिण कोरियाकी अभिनेत्री थिइन्। उनको मस्कोमा मृत्यु भएको थियो। किम जोङ्ग उलले उनको आमासँग विवाह भने गरेका थिएनन्।
किम जोङ्ग इल सन् १९९४ देखी २०११ सम्म उत्तर कोरियामा शासन गरेका थिए।