PahiloPost

May 14, 2025 | १ जेठ २०८२

फेसबुकबाटै सेक्सर्‍याकेट चलाएको आशंका, अमेरिकाबाट फर्केका युवक पक्राउ



पहिलोपोस्ट

फेसबुकबाटै सेक्सर्‍याकेट चलाएको आशंका, अमेरिकाबाट फर्केका युवक पक्राउ

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमा पेज खोलेर सेक्स र्‍याकेट चलाएको आशंकामा एक युवा पक्राउ परेका छन्। २ वर्ष अमेरिकामा बसेर यस्तै धन्दा चलाएर नेपाल फर्किएका सुरज बस्नेतलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

फेसबुकमा अश्लिल पेज खोलेर महिलाको नाम र नम्बर सहित राखेर उनले सेक्स र्‍याकेट चलाउने गरेको प्रहरीको आशंका छ। तर प्रहरीले उनलाई असम्बन्धित ब्यक्तिको फोन नम्बर राखेर यातना दिएको आरोपमा पक्राउ गरेको हो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनले फेसबुकमा २३ जना महिलाको नाम र फोन नम्बर राखेका थिए। प्रहरीमा एक जना महिलाले मात्रै उजुरी गरेकी छिन्।

अपरिचित ब्यक्तिहरुले फोन गरेर अश्लिल प्रस्ताव राख्ने गरेको भन्दै ती युवतीले महाशाखामा आफुलाई कल आउने नम्बर टिपाएर उजुरी गरेकी थिइन्।

उजुरीको अनुसन्धानकोक्रममा यस्तो फोन गर्नेहरुले आफुले फेसबुकमा रहेको पेजमा रहेको नम्बरका आधारमा फोन गरेको खुलाएपछि प्रहरीले अनुसन्धान गरेर सुरजलाई पक्राउ गरेको हो।

प्रहरीले फेसबुकमा राखिएको फोन नम्बरका आधारमा अन्य युवती पनि उजुरीकर्ता युवतिझै निर्दोष हुन् या सञ्जाल सदस्य सो पहिल्याउन अनुशन्धान शुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell