PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सशस्त्रका नयाँ आइजीले दर्ज्यानी चिन्ह लगाए : आर्थिक अनियमिता रोक्ने दावी



पहिलोपोस्ट

सशस्त्रका नयाँ आइजीले दर्ज्यानी चिन्ह लगाए : आर्थिक अनियमिता रोक्ने दावी

काठमाडौं : नेपाल प्रहरीले प्रमुखबारे सर्वोच्च अदालतमा एकपछि अर्को रिट परिरहे पनि एकै दिन नियुक्ती भएको सशस्त्र प्रहरीका प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठले दर्ज्यानी चिन्ह लगाएका छन्।

आइतबार मन्त्रीपरिषद्ले सशस्त्रमा श्रेष्ठ र प्रहरीमा जयबहादुर चन्दलाई प्रमुखमा नियुक्त गर्ने निर्णय विवादमा आएर सर्वोच्चमा रिट परेकाले प्रहरी निमित्तको भरमा चलेको छ। फागुन ८ सम्म प्रहरी संगठन निमित्तकै भरमा चल्ने निश्चित छ।

उता मंगलबार सशस्त्रका नवनियुक्त प्रमुख श्रेष्ठले भने दर्ज्यानी चिन्ह लगाए। उनलाई गृह सचिव लोकदर्शन रेग्मीले दर्ज्यानी चिन्ह लगाइदिए।
दर्ज्यानीचिन्ह लगाएपछि उनले अग्रज नेतृत्वले शुरु गरेको कामलाई निरन्तरता दिदै सवैको सल्लाहमा अगाडी बढ्ने बताए।


उनले संगठनलाई प्राप्त म्याण्डेट अनुसार  काम गर्ने भन्दै सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्ने बताएका थिए।
'सुरक्षास्थिति र भूगोल अनुसार आवश्यक कार्ययोजना सहित संगठनका सदस्य परिचालन गर्नेछु' उनले भने।

दर्ज्यानिचिन्ह लगाएपछि उनले सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पदबाहाली गरेर बलका अधिकृत र जवानलाई निर्देशन दिँदै सरुवा, बढुवा, मिसन लगायताका विभिन्न अवसरहरुलाई पारदर्शी ढंगबाट अगाडी बढाउने दावी गरेका थिए।

उनले संगठनलाई आर्थिक अनियमिता र भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अवलम्वन अनुसार चलाउने दावी समेत गरे।
                                                               
श्रेष्ठ २०४४ चैत २९ मा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेर २०५८ बैशाख ४ मा सशस्त्रमा गएका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका छन्। उनी काठमाडौं डिल्लीबजारका हुन्।
 
तस्विर: सशस्त्र प्रहरी बल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell