PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

जेलमा टुसाएको प्रेम : एक महिला कैदी र प्रहरीको प्रेमयात्रा



पहिलोपोस्ट

जेलमा टुसाएको प्रेम  : एक महिला कैदी र प्रहरीको प्रेमयात्रा

प्रेमले न जात हेर्छ न वर्ग। न पेशा हेर्छ न धन। हेर्छ त केवल मन। मन मिलेपछि के सुरक्षाको जिम्मेवारी सम्हालेका प्रहरी के अपराधमा कैद सजाय काटिरहेकी कैदी। हो,भारतमा अहिले यस्तै एक जोडिको प्रेम चर्चामा छन् जसले अपराध गरेकोमा पश्चाताप गरी सजाय भोग्ने किल्ला जेललाई प्रेम अंकुराउने स्थल बनाए।

प्रशंग हो भारतको। भारत बिहारको कटिहार जेलमा अंकुराएको प्रहरी र कैदीविचको प्रेम अहिले चर्चामा छ। यो कहानी हो जेलमा बन्द भएकी एक महिला कैदी र त्यही जेलको सुरक्षामा खटिएका एक प्रहरी जवानको।

यो प्रेम कथा शुरु हुन्छ डेढ वर्ष अगाडि। बिहार प्रहरीका प्रहरी जवान इनामुल हौदाको सरुवा हुन्छ  कटिहार जेलमा। त्यही जेलमा उनको भेट हुन्छ अपहरणको अपराधमा जेलमा रहेकी कैदी सरीफुल खातुन ।

जेलको सुरक्षामा खटिएका हौदा र जेलभित्र रहेकी खातुनविचको देखादेख प्रेममा बदलिन्छ। हौदा विवाहित नै हुन् अनी उमेरमा खातुन भन्दा धेरै जेठा। यसले यी दुबैको मनमा उम्रिएको प्रेमराग रोकिदैन।

जेलभित्र टुसाएको प्रेमलाई विवाहमा परिवर्तन गर्न हौदाले अनुमती माग्छन् र पाउँछन् पनि। इस्लामिक कानुन अनुसार विवाहका लागी खातुनले जेल बाहिर आउने अनुमती पाउँछिन्। इस्लाम धर्मले एक भन्दा बढी विवाह गर्ने अनुमती दिन्छ नै। उनले त्यही धार्मिक अधिकारको उपयोग गर्दै खातुनसँग विवाह गर्छन्।

हौदाले आजतकसँग गरेको दावी अनुसार उनले पहिलो श्रीमतीसँग अनुमती लिएर नै खातुनलाई दोस्री श्रीमती बनाएका हुन्। भ्यालेन्टाइनमा उनले आफ्नी दोस्री श्रीमतीलाई गुलाफको फूलदिँदै भने'प्रेम कुनै जात,धर्म र उमेरको दास हुन्न। यो जुनसुकै उमेरमा पनि हुनसक्छ।'

उनको दोस्रो श्रीमती खातुन हौदा जत्तिको राम्रो श्रीमान अरु कोही हुनै नसक्ने बताउदै भनिन्' भगवान हरेक श्रीमतीलाई यस्तै माया गर्ने श्रीमान दिउन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell