PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

​स्थानीय निकायमा कर्मचारी आन्दोलन, चार दिनदेखि सेवा ठप्प



पहिलोपोस्ट

काठमाडौँ : तीन दिनदेखि देशका सबै स्थानीय निकाय ठप्प भएपछि सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका छन्। 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय निकायका प्रतिनिधिबीच मंगलवार वार्ता गरी निष्कर्ष निकाल्ने भने पनि वार्ता नभएपछि सेवाग्राही सेवा पाउनबाट बञ्चित हुनुपरेको हो। 

सरकारले स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारी सरह समान पदको लागि समान अवसर प्रदान गर्नुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्ने स्थानीय निकायको माग रहेको छ। 

स्थानीय निकाय कर्मचारी संघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल नगरपालिका कर्मचारी एसोसिएशन, स्थानीय निकाय कर्मचारी युनियन र गाविस कर्मचारी संघले संयुक्त रुपमा आफ्नो माग राख्दै हड्ताल गरिरहेका हुन्। स्थानीय निकायबाट काम ठप्प भएपछि आज पनि सेवाग्राही मर्कामा परेका छन्। 

बिहीबार एक घन्टा र शुक्रबार १० देखि १ बजेसम्म काम छोडेर हड्तालमा उत्रिएका कर्मचारीले आइतबारदेखि देशभरका पूरै स्थानीय निकाय ठप्प पारेका हुन्। 

आन्दोलनमा कारण स्थानीय निकायबाट हुने कुनै किसिमको काम हुन नसकेको स्थानीय निकाय कर्मचारी सङगठन प्रदेश नं ४ का अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell