PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

​सप्तरीमा आगलागी १५ लाख रुपैयाँ बरावरको क्षति



पहिलोपोस्ट

राजविराज : सप्तरीको पोर्ताहा–५ मा मङ्गलबार साँझ आगलागी हुँदा रु पन्ध्र लाखको क्षति भएको छ । 

स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ। आगलागी विद्युत् सर्ट भएर भएको प्रहरीले बताएको छ। 

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत नगद तथा जिन्सी गरी करिब रु १५ लाख मूल्य बरावरको क्षति भएको पीडितले बताएका छन्। आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय भारदहबाट गएको प्रहरीले नियन्त्रणमा लिएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell