PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​विद्यार्थीकै कारण स्ववियु निर्वाचन प्रभावित, आजदेखि उम्मेदवार मनोनयन प्रक्रिया सुरु



पहिलोपोस्ट

​विद्यार्थीकै कारण स्ववियु निर्वाचन प्रभावित, आजदेखि उम्मेदवार मनोनयन प्रक्रिया सुरु

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका बारेमा काठमाडौँ उपत्यकाका क्याम्पस प्रमुखसँग छलफल गरेको छ। 

त्रिविले स्ववियु निर्वाचन तयारी कसरी गर्न सकिन्छ भनेर उपत्यकाका २० क्याम्पसका क्याम्पस प्रमुखलाई बोलाएर मङ्गलबार छलफल गरेको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए। 

उनले छलफलका क्रममा केही क्याम्पस प्रमुखले क्याम्पसमा तालाबन्दी रहेको अवस्थामा निर्वाचन गर्न सम्भव नहुने बताएको जानकारी दिए। ‘छ-सात वटा क्याम्पस प्रमुखले ताला लगाएको अवस्थामा निर्वाचन गराउन सम्भव नभएको तर हामीले नआत्तिन भनेका छौँ। निर्वाचन कार्यतालिका एक–दुई दिन फरक भएपनि केही फरक पर्दैन। हामी सरकार, राजनीतिक दल र विद्यार्थी सङगठनसँग निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्छांै भनेका छौँ’, उनले भने। 

यही फागुन १ गतेदेखि स्ववियु निर्वाचन प्रक्रिया सुरु भएकोमा अहिलेसम्म त्रिविका ६० मध्ये ३५ क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया सुरु भएको छ। नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले उमेरको हदबन्दीको विषयमा र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले निर्वाचन प्रक्रिया र फर्जी भर्ना रोक्न माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन्। 

निर्वाचन प्रक्रियाअनुसार आजदेखि उम्मेदवारको मनोनयन पत्र वितरण गर्दैछ। त्रिविले ८ वर्षपछि गर्न लागेको यसपटकको स्ववियु निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्दैछ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell