PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बेपत्ता युवतीको हत्या, शव खाल्डो पुरिएको अवस्थामा भेटियो



पहिलोपोस्ट

धनगढी : धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट छ दिनअघि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई मङ्गलबार मृत फेला पारिएको छ। 

हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मङ्गलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो । 

यही माघ २७ गतेदेखि छोरी बेपत्ता रहेकाले खोजी गरिदिन युवती पक्षबाट मङ्गलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो। लगत्तै थालिएको अनुसन्धानको क्रममा युवतीको शव युवक हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टो पारिएको अवस्थामा फेला पारिएको चन्दले बताए। 

दुवैबीच केही समयदेखि प्रेम सम्बन्ध रहेकाले अञ्जली हिक्मतको घरमा बस्दै आएकीमा माघ २७ गतेदेखि बेपत्ता रहेकी थिइन्। प्रहरीले हिक्मत सिंहलाई पक्राउ गरी घटनाको थप अनुसन्धान थालेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell