PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

उत्तरी सिरियामा दुई जिहादी समूहबीच भएको झडपमा ७० लडाकूको मृत्यु



पहिलोपोस्ट

उत्तरी सिरियामा दुई जिहादी समूहबीच भएको झडपमा ७० लडाकूको मृत्यु

बेरुत : उत्तरी सिरियामा औपचारिक रूप रहेका दुई जिहादी समूहबीच गत २४ घण्टायता भएको झडपको क्रममा करिब ७० लडाकूको मृत्यु भएको छ । मानव अधिकारी समूहले मङ्गलबार सो जानकारी दिएको छ। 

कुनै बेला अल कायदा समूहसँग आवद्ध फतेह अल शाम र कट्टर जिहादी समूह जुन्द अल आक्साबीच सोमबार बिहानबाट सो झडप सुरु भएको थियो। सिरियाको उत्तर पश्चिमी प्रान्त इद्लिबमा सो झडप भएको हो। 

बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सो झडप जुन्द अल आक्साले फतेह अल शामविरुद्ध आत्मघाती आक्रमण गरेपछि सुरु भएको हो । 

इद्लिबमा रहेको फतेह अल शामको प्रमुख कार्यालयमा भएको यस आत्मघाती आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको थियो। 

दुई जिहादी समुहबीच भएको यस भीषण झडपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६९ पुगेको र सो झडप छिमेकमा पर्ने प्रान्त हामामा समेत फैलिएको बताइएको छ। 

सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो। सो गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट (आईएस) पनि हाबी हुँदै गए। 

यस गृहयुद्धमा परी सन् २०११ को मार्च महिनाबाट हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने लाखौँ व्यक्ति घाइते भएका छन्। जारी यस युद्धका कारण लाखाँै व्यक्ति छिमेक देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन्। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell