PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

सामान बोकेको रेल ​सुक्खा बन्दरगाहमा लिकबाट बाहिर गएपछि भारतबाट आएन सामान



राधेश्याम पटेल

सामान बोकेको रेल ​सुक्खा बन्दरगाहमा लिकबाट बाहिर गएपछि भारतबाट आएन सामान

वीरगन्ज : रेल्वे लिकमा समस्या आएपछि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा सामान आउन सकेन। लिकको समस्याका कारण मंगलबार मालवाहक रेल नआउँदा सामान आयात ठप्प भएको हो।
 
बन्दरगाह नजिकैको रेल्वे लिकमा समस्या आएको हो। कोलकात्ता बन्दरगाह हुँदै कन्टेनर बोकेका रेल वीरगन्ज आउने गरेका छन्। मंगलबार बिहान पहिलो रेल नेपालभित्रिन लाग्दा अनियन्त्रित भएर लिक बाहिर गएको थियो।
 
वीरगन्ज–रक्सौलको वीचमा पर्ने भारतीय गाउँ हाजमाटोला नजिक रेल लिकबाट बाहिर गए पनि चालकले नियन्त्रण लिन सफल भएकोले मानवीय क्षति भने भएन।
 
कुनै मानवीय क्षति नभएको सिर्सिहा सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएको हिमालयन टर्मिनल कम्पनीका सिईओ विष्णुकान्त चौधरीले जानकारी दिए। कोलकात्ताबाट अहिले दैनिक ५/६ वटा रेल आउने गर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell