PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

युसिएल : बार्सिलोनामाथि पिएसजीको शानदार जित



पहिलोपोस्ट

युसिएल : बार्सिलोनामाथि पिएसजीको शानदार जित

एन्जल डि मारियाले दुई गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मेनले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ।

फ्रान्सेली क्लब पिएसजीले बार्सिलोनालाई घरेलु मैदानमा ४-० ले स्तब्ध पार्यो। पिएसजीको जितमा एन्जल डि मारियाले २ तथा एडिनसन कभानी र युलियन ड्राक्सलरले १/१ गोल गरे।

आफ्नो २९ औं जन्मदिनमा डि मारियाले १८ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। ४० औं मिनेटमा ड्राक्सलरे अग्रता दोब्बर पारे।

पहिलो हाफमा २ गोल गरेको पिएसजीले दोस्रो हाफमा पनि लयलाई कायम राख्दै २ गोल थप्दा बार्सिलोनाले एक गोल पनि फर्काउन सकेन।

५५ औं मिनेटमा डि मारियाले व्यक्रिगत दोस्रो तथा कभानीले ७२ औं मिनेटमा गोल गरेपछि पिएसजीले शानदार जित हासिल गर्यो। 

पहिलो लेगमा फराकिलो हारसँगै बार्सिलोनालाई अन्तिम आठमा स्थान बनाउन दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्नुपर्ने चुनौती छ।

अन्तिम १६ कै अर्को खेलमा पोर्चुगिज क्लबले बेनफिकाले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई १-० ले पराजित गरेको छ।

वेनफिकालाई पहिलो लेगमा जित जिलाउन कोनस्टान मिट्रोग्लोले निर्णायक गोल गरे।

पिएरे एमरिक औवामेयाङले पेनाल्टी प्रहार चुकाउँदा डर्टमण्डले बराबरी गर्ने मौका गुमाएको थियो।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell