PahiloPost

Jun 24, 2026 | १० असार २०८३

तेस्रो राष्ट्रिय पुस्तक मेला बिहीबारदेखि, ६० प्रतिशतसम्म छुट दिइने



पहिलोपोस्ट

तेस्रो राष्ट्रिय पुस्तक मेला बिहीबारदेखि, ६० प्रतिशतसम्म छुट दिइने

काठमाडौं : तेस्रो राष्ट्रिय पुस्तक मेला (नेसनल बुक फेस्टिभल) फागुन ५ बाट नेपाल प्रज्ञाप्रतिष्ठानको परिसरमा हुँदैछ।
 
नेपाल पुस्तक विक्रेता तथा प्रकाशक संघ र नेपाल प्रज्ञा प्रतिष्ठनको संयुक्त आयोजनमा हुन लागेको मेलाको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
 
नेपाली पुस्तकको प्रवर्द्धन तथा पठन संस्कृतिको विकासमा टेवा पुर्‍याउने उद्देश्यले नेपाल पुस्तक बिक्रेता तथा प्रकाशक संघले २०७० बाट पुस्तक मेला आयोजना गर्न थालेको हो। सो मेला गतवर्ष भूकम्पका कारण गर्न सकिएको थिएन।
 
'भूकम्पका कारण पुस्तक मेला आयोजना गर्न नसकेकाले यस वर्षको मेला अझ बृहत् तथा व्यवस्थित बनाउने उद्देश्यले संघसँग आवद्ध अधिकांश पुस्तक बिक्रेता तथा प्रकाशकलाई सहभागिता गराउने छौं,' संघका अध्यक्ष पदम सिवाकोटीले भने।

मेलामा प्रज्ञाप्रतिष्ठान, साझा प्रकाशन लगायत देशका अग्रणी प्रकाशकहरूको सहभागिता रहनेछ। मेलामा राखिएका पुस्तकहरूमा ६० प्रतिशतसम्म छुट दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell