PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

फेमिली स्टोर उद्घाटन गर्न सुष्मा कार्की, सृ्ष्टि श्रेष्ठदेखि विल्सनविक्रमसम्म



पहिलोपोस्ट

फेमिली स्टोर उद्घाटन गर्न सुष्मा कार्की, सृ्ष्टि श्रेष्ठदेखि विल्सनविक्रमसम्म

काठमाडौं : काठमाडौंको भीमसेनगोलामा ‘कलेक्टिभ फेमिली स्टोर’ सञ्चालनमा आएको छ। नेपाली फिल्म तथा सांगीतिक क्षेत्रका कलाकारहरुले यो स्टोरको उद्घाटन गरे।
 
स्टोर उद्घाटनका लागि नायिका सुष्मा कार्की, पूर्व मिसनेपाल तथा नायिका सृष्टि श्रेष्ठ, गायक बाबु बोगटी, हिमाल सागर, गायिका जुना प्रसाई, नायक गौरव पहारी, हास्यकलाकार विल्सन विक्रम राई स्टोर पुगेका थिए।
 
लिङ्देन ब्रान्डका सम्पूर्ण सामान पाइने यो स्टोरमा परिवारका लागि सम्पूर्ण सामान पाइने बताइएको छ।
 
स्टोरका म्यानेजिङ डिरेक्टर राजेन्द्र लिङ्देनले एउटा परिवारका हरेक उमेरका मानिसहरुका लागि हरेक प्रकारका सामान स्टोरमा पाइने बताए। फेब्रेअरी १४ मा सुरु भएको स्टोरमा आज र भोलि ३० प्रतिशतको छुट रहेको लिङ्देनले बताए।
 
कार्यक्रममा पुगेका कलाकारले उपस्थित दर्शकलाई आफ्नो प्रस्तुतिबाट मनोरञ्जन दिएका थिए। कलाकार विल्सन विक्रम राईले दर्शकलाई कमेडी प्रस्तुतिबाट मनोरञ्जन दिए भने बाबु बोगटी, विनोद खम्बुले गीत गाएका थिए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell