काठमाडौं : जिओनीको एमफाइभ लाइटको मूल्य दुर्इ हजार रुपैयाँ कम भएको छ। कम्पनीका अनुसार अब उपभोक्ताले यो मोबाइल १७ हजार ९ सय ९९ सय रुपैयाँमा पाउनेछन्।
यसअघि यो मोबाइलको मूल्य १९ हजार ९ सय ९९ सय रुपैयाँ थियो। नेपाली मोबाइल बजारमा जिओनीको माग बढ्दो क्रममा रहेकोले मूल्य घटाएको कम्पनीले जनाएको छ। यो मोबाइल ठूलो ब्याट्री हुने म्याराथोन सिरिजको सबैभन्दा नयाँ मोडल हो।
मोबाइलमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५ इन्चको एचडी स्क्रिन छ। फोनमा ८ मेगापिक्सेलको रियल क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार मोबाइलमा १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ।
मोबाइल फोनमा ४००० एमएएचको ब्याट्री रहेको छ जुन साधारण फोन ब्याट्रीभन्दा दुई गुणा बढी क्षमताको छ। मोबाइलमा ३ जिबी र्याम र ३२ जिबी रोम (कार्डबाट १२८ जिबी थप्न सकिने) रहेको छ। फोनमा जियोनीको आफ्नै सफ्टवेयर अमिगो ३.१, जुन एन्ड्रोइड ५.१ मा आधारित छ।