PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल : विभागीय टिम पुलिस र आर्मी विजयी



पहिलोपोस्ट

विभागीय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मीले दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन्। 

ताप्लेजुङ नगरपालिकास्थित भानु जन उच्च मावीको कोेर्टमा भएको उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक पूर्वाञ्चललाई ३–० को सोझो सेटमा हरायोे। पुलिसले पूर्वाञ्चलमाथी २५–१८,२५–१३ र २५–१४ को सेटमा सहज जित निकाल्यो।

राउण्ड रोबिनका आधारमा संचालन भएको प्रतियोगिताको अर्को खेलमा आर्मीले मध्याञ्चललाई ३–० को सेटमा पराजित गर्यो। आर्मीले मध्यमाञ्चललाई २५–१०, २५–१७ र २५–१० को सेटमा पराजित गर्यो।

फागुन ७ गतेसम्म चल्ने सर्वाधिक नगद पुुरस्कार राशीको भलिबल प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार, उपविजेताले १ लाख ६५ हजार तथा तेश्रो र चौथो हुने टिमले समान ३५ हजार नगद प्राप्त गर्ने छन्। 

प्रतियोगितामा पुलिस, आर्मी, मध्यमाञ्चल र पूर्वाञ्चलसँगै विभागीय क्लब एपीएफको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell