PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

चाबहिलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २५ वर्षे युवक घाइते



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको चाबहिलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन्।
 
बिहान सवा ४ बजे बा ८१ प ७१४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङ पथरी-२ घर भई हाल मैतिदेवी बस्ने चालक २५ वर्षीय विकास लुइँटेल घाइते भएका छन्।
 
उनको ओम अस्पताल चाबहिलमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell