
काठमाडौं: नायिका स्वेता खड्काको निर्माणमा फिल्म 'कान्छी' बन्ने खबर सार्वजनिक भयो। 'दयाहाङकी कान्छी बन्ने' भन्दै सार्वजनिक खबर स्वेता आफैले वा फिल्म युनिटले आधिकारीक रुपमा घोषणा नगरेको उनको दाबी छ।
पहिलोपोस्टसँग कुरा गर्दै उनले भनिन्,'फिल्म बन्ने साँचो हो तर फिल्ममा 'कान्छी' दयाहाङ राईको बन्ने हो वा अरु कसैको यो बारे युनिट बाहेक कसैलाई जानकारी छैन।'
उनले स्रोत नखुलाई फिल्म बारे जानकारी प्रवाह गर्नुले राम्रो संदेश नजाने बताइन्। स्वेताका अनुसार फिल्म बारे आधिकारिक जानकारी दिन कार्यक्रम आयोजना गर्ने योजना बनाउँदा बनाउँदै खबर बाहिरिएको हो। 'कताबाट लिक भयो थाहा छैन',उनले फिल्म युनिटले फिल्मका लागि कलाकार र अन्य क्र्यु अनुबन्धन हुनु अघिनै खबर फैलिएको बताईन्।
मुख्य भूमिकामा दयाहाङ राई र आफू बाहेक अन्य कलाकार फाइनल नभएको उनले भनाई छ।
३१ वर्ष अघि बिएस थापाको निर्देशनमा 'कान्छी' नामकै फिल्म प्रदर्शनमा आएको थियो। आम दर्शकमा चेत भएको विषय हो, कुनै पनि फिल्मको नाम पुरानो फिल्मसँग मिल्दो हुनुहुन्न। नाम जुधेमा चलचित्र विकास बोर्डले फिल्म दर्तामा रोक लगाउँछ। तर दश वर्ष भन्दा बढी पुरानो फिल्मको हकमा त्यसो नहुने विकास बोर्डका अधयक्ष राजकुमार राईले जानकारी दिए।
सो नियमको फाईदा उठाउदै स्वेताले आफ्नो फिल्मको नाम कान्छी जुराएकी हुन्। भनिन्,'ज्योतिषलाई देखाएर नाम टुङ्गो लगाएकी हुँ। 'का'बाट उठेको नाम फलदायी हुने बताइएको थियो।'
फिल्ममा कथा यम थापाको रहेको छ भने निर्देशन आकाश अधिकारीले गर्दैछन्।