PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

जुनियर फुटबल क्याम्पको लागि एसी मिलानबाट ६ जना नेपाल आउने



पहिलोपोस्ट

जुनियर फुटबल क्याम्पको लागि एसी मिलानबाट ६ जना नेपाल आउने

काठमाडौं : इटालीको राट्रिय फुटबल टीम तथा एसी मिलानबाट खेलिसकेका खेलाडीसहित ६ सदस्यीय टोली एसी मिलान जुनियर फुटबल क्याम्पको लागि नेपाल आउने भएका छन्।

एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्ट एएसएमको सहकार्यमा आगामी अप्रिल १० मा नेपालमा उक्त क्याम्प सञ्चालन हुँदैछ।

एएसएमले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी दिएको हो।

एएसएएमको यो पहिलो प्रोग्राम हो भने नेपालमा विदेशी क्लबको प्रोग्राम हुन लागेको पनि यो पहिलो पटक भएको एएसएमका म्यानेजर तथा पूर्व राष्ट्रिय खेलाडी हरी खड्काले बताए।

जुनियर कयामपका लागि मिलानबाट ४ कोच, एक गोलकिपिङ कोच र एक टेक्निकल एड्भाइजर गरी कुल ६ जनाको टोली आउने खड्काले जनाए। को को आउने भन्ने जानकारी मार्च १५ सम्म टुङ्गो लागेपनि उनले जानकारी दिए।

एक हप्ता सञ्चालन हुने उक्त समर क्याम्पको लागि इच्छुक विद्यार्थीहरुले इन्ट्री गर्न सक्नेछन्। फेब्रुअरी महिनाको अन्त्यसम्म नाम दर्ता गर्ने समय रहेको एएसएमले जनाएको छ।

क्याम्पका लागि ३० हजार इन्ट्री फि बुझाउनुपर्नेछ। जसमा एसी मिलानको किट्स, एसी मिलान सर्टिफिकेट, काठमाडौं बाहिरबाट आउनेका लागि खाने बस्ने सुविधा सबै समावेश रहनेछ।

अहिलेसम्म २५ जनाले नाम दर्ता गराइसकेको र सय देखि २ सय सम्म जुनियर क्याम्पमा राखिने म्यानेजर खड्काले बताए। उनका अनुसार १ जना भए एक हप्ता र २ सय जना भए दुई हप्ता क्याम्प सञ्चालन हुनेछ।

'एसी मिलानबाट आउने ६ सदस्यी टोलीले जुनियर क्याम्पमा सहभागी हुने विद्यार्थीलाई प्रशिक्षण दिनेछन्। प्राविधिक सिप, प्रशिक्षण, कल्चर, फिलोासफी लगायत विषयमा बारेमा क्याम्पमा सिकाइनेछ।' खड्काले भने।

यदी कुनै राम्रो खेलाडी बन्ने संकेत देख्यो भने उसलाई एसी मिलानले अवर दिने मौखित सहमती भएको समेत खड्काले जानकारी दिए। 
'एसी मिलान आफैँमा फुटबलको एउटा ट्याग हो,एक जनालाई मात्र टाई अप गरेर मिलान पठाउन सक्यौं भने तयो नै हाम्रो लागि उपलब्धी हुनेछ।' खड्काले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell