PahiloPost

Jun 24, 2026 | १० असार २०८३

रिब्राण्डिङपछि नयाँ भर्सनमा आउँदैछ 'नोकिया ३३१०' मोबाइल



पहिलोपोस्ट

रिब्राण्डिङपछि नयाँ भर्सनमा आउँदैछ 'नोकिया ३३१०' मोबाइल

काठमाडौं : कुनै समय निकै चर्चित रहेको नोकियाको ३३१० मोडेलको मोबाइल फोन फेरि बजारमा आउने भएको छ। माइक्रोसफ्टसँग एक्वायर भएपछि नोकियाले पहिलोपटक एन्ड्रोइड ओएस भएको स्मार्टफोन पनि बजारमा ल्याउने जनाएको छ।
 
नोकियाको नोकिया ३, नोकिया ६, नोकिया ५ लाई यही फेब्रुअरीमा स्पेनको बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्युसी) मा सार्वजनिक गर्ने कार्यक्रम छ।
 
नोकियाको ३३१० मोडेलको मोबाइल सन् २००० को नोभेम्वरमा सार्वजनिक भएको थियो। धेरै टिक्ने, सस्तो मूल्य र बलियो भएका कारण उक्त मोबाइल प्रयोगकर्तामाझ निकै लोकप्रिय थियो।
 
नोकियाले यसअघि नै 'नोकिया ६' लाई चीनमा सार्वजनिक गरिसकेको छ। अहिलेसम्मको सबैभन्दा नयाँ टेक्नोलोजीका साथ सार्वजनिक भएको नोकिया ६ ले चिनियाँ मार्केटमा राम्रो प्रभाव जमाइसकेको छ।
 
नोकियाको चर्चित फिचर फोनलाई आधुनिक रुपमा परिमार्जन सहित नयाँ भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ। ३३१० मोडेलको मोबाइल फोन नोकियाको सबैभन्दा धेरै बिक्री भएको र प्रयोगमा आएको मोडल हो। यो फोन विश्वभरमा १० करोड भन्दा धेरै सेट बिक्री भएको थियो। -दि गार्जियन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell