PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'बाहुबली २' मा देखिने छैनन् शाहरुख खान



पहिलोपोस्ट

'बाहुबली २' मा देखिने छैनन् शाहरुख खान

केहि समय अघि हिन्दी फिल्म समीक्षकहरु शाहरुख खानलाई 'बाहुबली २' मा देख्न सकिने सम्भावना रहेको बताएका थिए। समिक्षकहरुको आशङ्काका आधारमा बलिउड मिडियाले गसिप पनि बनाए। तर बाहुबली युनिटले सो खबर गलत भएको जानकारी दिएको छ।

बाहुबलीको अफिसियल ट्विटर ह्याण्डलबाट फिल्ममा शाहरुख खानको कुनै भूमिका नभएको जानकारी सार्वजनिक भएको हो। ट्विट मार्फत युनिटले शाहरुखको भूमिका बारे चलेको अनावश्यक हल्ला मात्र भएको समेत जनाएको छ।
 

निर्देशक एसएस राजामौलीले पनि विभिन्न अन्तरवार्ताहरुमा फिल्म प्रदर्शनको लागि तयार भएको र अब कुनै सिन सुट गर्न बाँकी नरहेको बताउदै आएका छन्।

बाहुबली: द कनक्लुजन आउँदो अप्रिल २८ बाट सार्वजनिक हुँदैछ। फिल्मले राष्ट्रिय, अन्तराष्ट्रिय थियटर, स्याटेलाईट राइट्स र अडियो बिक्री समेत गरी प्रदर्शन अघि पाँच सय करोड माथीको व्यवसाय गरेको बताइएको छ। बाहुबली दुई हिन्दी, तेलुगु र तामिल तीन भाषामा डब भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell