डडेल्धुरा : डडेलधुरामा आज भएको जिप दुर्घटनामा मृत्यु हुने सात जनाको सनाखत भएको छ। सो दुर्घटनामा पाँच जना घाइते भएका छन्।
भागेश्वर गाविसबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नम्बरको जिप अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिकै दुर्घटनामा परेको थियो। सो दुर्घटनामा भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही स्थानका जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस–५ का नरपती पाण्डेय र कामदेव चटौतको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।
यस्तै दिवाकर पाण्डेयको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने भागेश्वर–७ का पदम मल्लको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको प्रहरीको भनाइ छ। घाइते पाँच जनाको उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ।