
जमैकन धावक उसेन बोल्टले चौथो पटक लउरेस स्पोर्ट्स अवार्ड जितेका छन्। मोनाकोमा मंगलबार सम्पन्न लउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड समारोहमा बोल्टले फुटबलर क्रिस्टियानो रोनाल्डो, विश्व नम्वर वन टेनिस खेलाडी एण्डी मुरे र बास्केटबल खेलाडी लिब्रोन जेम्सलाई पछि पार्दै वर्ल्ड स्पोर्ट्सम्यान अफ दि इअर अवार्ड जिते।
चौथो पटक अवार्ड जितेसँगै बोल्टले सर्वाधिक अवार्ड जित्ने टेनिस लेजेण्ड रोजेर फेडररसँग बराबरी गरेका छन्। बोल्टले यसअघि सन् २००९, २०१० र २०१३ मा अवार्ड जितेका थिए। फेडेररले सन् २००५ देखि ०८ सम्म लागातार ४ पटक अवार्ड जितेका थिए।
यस्तै महिलातर्फ अमेरिकी जिम्न्यास्ट सिमोन बेइल्सले वर्ल्ड स्पोर्ट्सवुमन अवार्ड जितिन्। रियो ओलम्पिकमा ४ स्वर्ण जितेकी उनले लाउरा केनी, केटी लेडेकी र एलीसन फक्सलाई पछि पारिन्।
यस्तै रियो ओलम्पिककमा ६ पदक जितेका अमेरिकी स्वीमर माइकल फेल्प्सलाई कमब्याक अफ दि इअर अवार्ड प्रदान गरियो।
गत वर्ष प्रिमियर लिग चयामिपयन बनेको इंगलिस कलब लेस्टर सिटीलाई स्प्रीट अफ स्पोर्ट्स अवार्ड, अमेरिकी बेसबल टीम सिकागो बुल्सलाई टीम अफ दी इअर अवार्ड प्रदान गरियो।
यसै सिजन सन्यासको घोषणा गरेको फमूवा वन वर्ल्ड च्याम्पियन निको रोसवर्गले ब्रेकथ्रु अफ दी इअरको अवार्ड हात पारे।
डाउनहिल माउन्टेन बाइक रेसिङकी रोचल आथरटन एक्सन स्पोर्ट्सपर्सन अफ दी इअरको अवार्ड जितिन्।