PahiloPost

Jun 24, 2026 | १० असार २०८३

फेसबुक पेजमा १६ जिबीको अश्लील भिडियो



पहिलोपोस्ट

फेसबुक पेजमा १६ जिबीको अश्लील भिडियो

काठमाडौं : फेसबुक मार्फत सेक्स र्‍याकेट चलाएको आरोपमा पक्राउ परेका सुरज बस्नेतको फेसबुक पेजमा प्रहरीले १६ जिबीको अश्लील भिडियो फेला पारेको छ।
 
असम्बन्धित २३ जना युवतीको फोन नम्बर राखेको अभियोगमा पक्राउ परेका उनले अश्लील साइटमा विभिन्न युवतीसँगका अश्लील कुराकानी, फोटो र भिडियो राखेका थिए।
 
दुई वर्ष अमेरिका बसेर नेपाल आएका उनले फेसबुक पेजमा राखेको २३ वटा नम्बरमध्ये एक युवतीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेपछि मंगलबार उनी पक्राउ परेका थिए। प्रहीका अनुसार बस्नेतले फेसबुकबाट अश्लील तस्बिर शेयर गर्ने, भिडियो कुराकानी र च्याट गर्ने गर्थे। र, सोही सामग्री पेजमा राख्थे।
 
अमेरिकाबाट फर्किएर उनले नेपाली युवतीहरुको नम्बर राखेका थिए। त्यसमध्ये एक युवतीले प्रहरीमा उजुरी गरिन्। अन्य २२ वटा नम्बर भने खुलेको छैन। ती युवतीहरु प्रहरीको सम्पर्कमा समेत आएका छैनन्।
 
महाशाखाका एसएसपी दिनेश अमात्यले यसबारे अनुसन्धान भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell