PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

टेलिकमको भ्यालेन्टाइन अफर फागुन १७ सम्म, २५ रुपैयाँमा २५० मिनेट कल, एउटा सिम किन्दा अर्को सित्तैमा



पहिलोपोस्ट

टेलिकमको भ्यालेन्टाइन अफर फागुन १७ सम्म, २५ रुपैयाँमा २५० मिनेट कल, एउटा सिम किन्दा अर्को सित्तैमा

काठमाडौं : नेपाल टेलिकमले प्रणय दिवस (भ्यालेन्टाइन्स डे) का अवसरमा जिएसएम सेवाका ग्राहकका लागि जारी गरेको नयाँ अफर फागुन १७ सम्म लागू हुने भएको छ।
 
टेलिकमले २५ रुपैयाँमा दुईसय ५० मिनेटको टक टाइम भएको 'नाइट भ्वाइस प्याकेज अफर' ल्याएको हो। ३ गते देखि यो अफर फागुन १७ गतेसम्म लागू हुने टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यो प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट सात दिनसम्म रहने टेलिकमले जनाएको छ।
 
अफर अन्तर्गत उक्त प्याकेज राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र गर्न सकिने र प्याकेज लिनका लागि भिएडिआई टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ।
 
यस्तै टेलिकमले दिवसका अवसरमा हरेक जिएसएम तथा सिडिएमए प्रिपेड सिम तथा रिमको खरिदमा अर्को त्यस्तै सिम वा रिमका साथै ५० रुपैयाँ बरावरको टक टाइम नि:शुल्क उपलब्ध गराउने जनाएको छ।
 
सिम र रिमको अफर फागुन ५ गतेसम्म लागू हुने र रिम तथा सिम लिनका लागि कम्पनीका काउन्टरमा नै जानुपर्ने विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell