PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

मिश्रित प्रतिक्रिया सहित 'जोली एलएलबी २'ले हालसम्म कमायो ६६ करोड



पहिलोपोस्ट

मिश्रित प्रतिक्रिया सहित 'जोली एलएलबी २'ले हालसम्म कमायो ६६ करोड

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

काठमाडौं: अक्षय कुमार अभिनित कोर्टरूम ड्रामा 'जोली एलएलबी २' ले मङ्गलबारसम्ममा ६६ करोड पाँच लाख नेट कलेक्शन गरेको छ। फिल्म समिक्षक एवं बिक्रेता तरण आदर्शले ट्विटर मार्फत फिल्मको व्यवसाय बारे बताएका हुन्।
  शुक्रबार प्रदर्शन भएको फिल्मले मङ्गलबार मात्र आठ करोड पाँच लाख कमाएको हो।  फिल्मले समिक्षात्मक रुपमा मिश्रित प्रतिक्रिया पाएको छ।

टाइम्स अफ इन्डियाले फिल्मलाई पाँचमा चार तारा दिएको छ। समिक्षामा फिल्मलाई भावनात्मक र मनोरञ्जन दुबैको प्याकेज भनिएको छ। त्यस्तै हिन्दूस्तान टाइम्सले जोली एलएलबी २ लाई पाँचमा तीन तारा मात्र दिएको छ। रोहित भाट्सले फिल्मलाई व्यङ्ग्य हो या थ्रिलर छुट्ट्याउन नसक्ने जनाएका छन्।

सन् २०१३मा सार्वजनिक  कमेडी जानराको फिल्म जोली एलएलबीको सिक्वेल यो फिल्ममा अन्नु कपूर, अक्षय कुमारको विपक्षमा वकालत गर्ने वकिलको रुपमा देखिन्छिन्। सुवास कपुर निर्देशित फिल्ममा अक्षय कुमार, अन्नु कपुर, सौरभ शुक्ला र हुमा क्युरेशीको मुख्य अभिनय रहनेछ। फिल्ममा चार गीत समावेश छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell