PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

विद्युत चोरी प्रकरण : पाँच जिल्लाका कर्मचारी अनुसन्धान घेरामा



सविन ढकाल

विद्युत चोरी प्रकरण : पाँच जिल्लाका कर्मचारी अनुसन्धान घेरामा

काठमाडौं : विद्युत चोरी र मिटर उल्टो घुमाई राजस्व चुहावटमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले विद्युत चोरीमा संलग्नको खोजीका क्रममा नेपाल विद्युत प्राधिकरणका कर्मचारी र विद्युत चोरीमा संलग्न व्यवसायीको खोजी गरेको थियो।
 
१२ जनालाई पक्राउ गरेर सुरु भएको प्रहरीको अभियानले एक महिनाको अवधिमा २१ जनालाई समातेको हो। पक्राउ पर्नेमा ६ जना व्यापारी, दुई सुभरभाईजर र मिटर रिडरहरु छन्।
 
पक्राउ पर्नेमा प्राधिकरण सुपरभाइजर सुमन श्रेष्ठ, भगवान पाण्डे, मिटर रिडर टहलबहादुर कार्की, हेटौँडाका मिटररिडर महादेव प्रधान, इलेक्ट्रिसियन अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुङ्गाना, श्याम बस्नेत, प्रदीप शर्मा, सूर्यबहादुर थापा, ठाकुर महर्जनलगायत छन्।
 
उनीहरुलाई प्रहरीले संगठित अपराध निवारण ऐनअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।
 
पाँच जिल्लाका कर्मचारी अनुसन्धान घेरामा
 
माघ ९ बाट सुरु भएको पक्राउ श्रृंखलामा महाशाखाले १६ जनालाई समातेको थियो। उनीहरुले बयानमा अरुको पनि नाम खोलेपछि प्रहरीले अन्यको पनि खोजी गरिरहेको छ। उनीहरुले विद्युतीय चोरी र मिटर उल्टो घुमाउने कार्यमा काठमाडौं, मोरङ, रुपन्देही, पर्सा, बाँके, चितवनसम्म रहेको भनी खुलाएको बयानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।
 
प्रहरीले ती जिल्लाका कर्मचारीको संलग्नताबारे पनि अनुसन्धान गरिरहेको छ। अमात्यले यसमा धेरै कर्मचारीको संलग्नता देखिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell