
काठमाडौं: सौन्दर्य प्रतियोगिता ‘नेपाल फेसन आइकन २०१७’ का लागि आवेदन खुलेको छ। आयोजक रन वे नेपालले बुधबार प्रतिस्पर्धाको नयाँ संस्करणबारे जानकारी दिएको हो।
विशेष गरी सौन्दर्य प्रतियोगीतामाहरु अविवाहितहरु प्रति लक्षित हुन्छ तर यो प्रतियोगितामा भने विवाहित तथा अविवाहित दुबैले भाग लिन पाउने जनाइएको छ।
'महिला तथा पुरुषको सौन्दर्य प्रतिभा निखार्नमा योगदान पुर्याउनु नै हाम्रो मुख्य उद्देश्य हो', रहेको रन वे नेपालकी सिइयो चाँदनी लामीछानेले बताइन्।
अन्तिम प्रतिस्पर्धाका लागि २० युवक र २० युवती छानिने छन्। प्रतियोगीलाई व्यक्तित्व बिकास, रन वे नलेज , सेल्फ ड्रेस अप, फोटो सुट,सेलिब्रेटी गेष्ट क्लास (अभिनेता , अभिनेत्री तथा मोडल ,मिडिया पर्सनबाट), पब्लिक स्पिकिङ लगायतका बिषयमा प्रशिक्षण दिइनेछ।
प्रतियोगीता शिर्ष सहित विभिन्न १२ बिधामा विजेता घोषणा गरिनेछ। प्रतियोगीताको शिर्ष विजेताले चलचित्र ,म्युजिक भिडियो अभिनयलगायत स्वदेशमा आयोजना हुने बिभिन्न फेसन तथा मोडलिङ कार्यक्रममा सहभागीताको अवसर प्राप्त गर्नेछन्। प्रतियोगीताको अन्तिम स्पर्धा चैतको अन्तिम सातामा हुनेछ।