PahiloPost

Jun 24, 2026 | १० असार २०८३

असामोह जियानको हेअर कट नीतिविपरित



पहिलोपोस्ट

युएईमा फुटबल खेल्ने खेलाडीहरुले अब फुटबलको नियमसँगै कपाल कटाईको नियमसमेत पालना गर्नुपर्ने भएको छ। 

युएई फुटबल संघको गाइडलाइनस अनुसार घानाका असामोह जियानको हेयर स्टायललाई नीतिविपरित भनिएको हो।

इंगलिस क्लब सण्डरल्याण्डका पूर्व फरवार्ड समेत रहेका जियान चाइनिज क्लब सा्रघाई एसआइपिजीबाट लोनमा गल्फ लिग खेल्न अल अहली पुगेका थिए।

जियानसँगै ४० भन्दा बढी खेलाडीलाई संघले चेतावनी दिएको छ।

एक साइडमा मात्र काटिएको क्वाजा हेअर स्टाइललाई स्लामिक राज्यहरुमा प्रतिवन्ध गरिएको छ।

सन् २०१२ मा साउदी अरेवियाका गोलकिपर वालिद अब्दुल्हालाई अल सबाबबाट खेल्नु अघि रेफ्रिले स्लामिक विरुद्धको कपाल कटाई पुनः काट्न भनेका थिए।

इस्लामिक मान्याता अनुसार क्वाजा ,मोहक स्टायलको हेयर कट प्रतिवन्धित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell