PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

​सत्य घटनामा आधारित कथा म्युजिक भिडियोमा



पहिलोपोस्ट

​सत्य घटनामा आधारित कथा म्युजिक भिडियोमा

काठमाडौं: एक बालिकाको असमायिक निधन भएको वास्तविक घटनालाई म्युजिक भिडियोमा उतारिएको छ। सो गीतको भिडियो युट्युब मार्फत सार्वजनिक छ।

गायक शितल कार्कीको स्वरमा रेकर्ड भएको  गीत ‘चिताकै बिछ्यौना’ मा  सो घटनालाई चित्रण गरिएको हो। सर्पको डसाइका कारण आफ्नी भतिजीको जीवन गुम्योपछि उनको सम्झनामा शितलले गीत तयार गरेकी हुन्। भनिन्,'मेरी भतिजीप्रतीको प्रेम जीवन्त राख्न गीतलाई माध्यम बनाएको हुँ।'

भिडियो निर्देशन सुरेश थापाले गरेका हुन्। गायक कार्कीकै संगीत रहेको उक्त गीतका शब्दहरु कुमार अजनबीले दिएका हुन्। अभिनेता दिलिप रायमाझी तथा अनिता दंगालले निधन हुने सन्तानको बुवा–आमाको भूमिका निर्वाह गरेका छन्। उनीहरुको सन्तानको भूमिका प्रत्युष सुवेदीले देखिएका छन्।

गीत गायक कार्कीको एल्बम ‘ओस्कार’ मा समावेश गरिएको छ। बुद्ध थापाद्वारा छायांकन गरिएको यो भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन्।

हेर्नुस् भिडियो:

  ​



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell