PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

महाधिवेशनको दुई दिन अगाडि नै कमल थापा राप्रपाको निर्विरोध अध्यक्ष, लोहनीले छाडे चुनावी मैदान



पहिलोपोस्ट

महाधिवेशनको दुई दिन अगाडि नै कमल थापा राप्रपाको निर्विरोध अध्यक्ष, लोहनीले छाडे चुनावी मैदान

काठमाडौै : राष्ट्रिय प्रजातन्त्र पार्टीमा महाधिवेशन सुरु नहुँदै अध्यक्षको टुंगो लागेको छ। राप्रपा नेपालबाट राप्रपामा आएका अध्यक्ष कमल थापा एकता महाधिवेशनको दुईदिन अगाडिनै सर्वसम्मत भएका हुन्।

उनलाई बैधानिकरुपमा सर्वसम्मत निर्वाचित घोषणा गर्न बाँकी रहे पनि उनीसँग प्रतिस्पर्धामा आउन कस्सिएका प्रकाशचन्द्र लोहनीले अध्यक्षको उम्मेद्वारी फिर्ता लिने सहमति गरेपछि थापा राप्रपामा निर्विरोध भएका हुन्।

तात्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राप्रपा नै फूटाएर राप्रपा नेपाल गठन गरेका थापा अन्तत एकीकृत भएको उही पुरानो पार्टीको अध्यक्ष हुने भएका छन्। दुइपार्टी एक हुँदा पनि थापाले अध्यक्षनै लिएका थिए।

आगामी ६ गते देखि सुरु हुने महाधिवेशन पार्टीको नीति तथा निर्देशन समिति गठन गर्ने र त्यसको संयोजक प्रकाशचन्द्र लोहनीले लिने सहमतिपछि अध्यक्ष पदमा थापा निर्विरोध हुने भएका हुन्।

अध्यक्षमा कमल थापालाइ निर्विरोध गर्ने भन्दै जारी विज्ञप्तिमा अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell