PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

आत्मनिर्भर बनाउन गृहिणीलाई गलैंचा तालिम



पहिलोपोस्ट

कपिलबस्तु : महिलालाई रोजगारी सिर्जना कपिलवस्तुमा ३ महिने गलैचा बुनाई तालिम शुरु भएको छ। स्थानीय महिलालाई सिप सिकाएर रोजगार बनाउन नेपाल गुडविभ फाउन्डेशनले कपिलबस्तुको वुद्धवाटीका नगरपालिका गोरुसिंगेमा तालिम शुरु गरेको हो।

गुडविभकी अध्यक्ष तथा गलैचा उद्योगी आङ्लमी शेर्पाले बुधबार तालिमको उद्घाटन गरिन् । तालिममा सहभागीपछि सुरुमा गलैचा उद्योगमा रोजगारी दिने र पछि आफै स्वरोजगार बन्ने अवसर प्राप्त हुने छ ।

तालिममा १८ देखी ४० वर्ष उमेर समूहका ५० जना महिला तालिममा सहभागी छन् । तालिममा सहभागी प्रशिक्षार्थीलाई बुद्धवाटिका नगरपालिका क्षेत्रमै सञ्चालित  वशन्तपुर  गलैंचा उद्योगले रोजगारी प्रदान गर्ने  छ ।

गलैचा बुनाइ तालिममा भाग लिएका प्रशिक्षार्थीले कम्तीमा १ वर्षसम्म उक्त गलैचा उद्योगमा काम गर्नुपर्ने छ । तालिम अवधिभर प्रशिक्षार्थीका ४ वर्ष सम्मका २२ जना वालवच्चाको रेखदेखका लागि दिवा शिशु स्याहार केन्द्रको व्यवस्था गरिएको  छ ।

 आयोजक संस्थाकी अध्यक्ष शेर्पाले स्थानीय महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन सके आफै उद्यमी बन्ने अवसर सिर्जना हुने लक्ष सहित गलैचा बुनाइ तालिम सञ्चालन गरिएको जानकारी दिइन् । उनले गलैचा उद्योगलाई वालमजदुर रहित बनाउन पनि आफूहरु सक्रिय रहेको बताइन् ।

गलैचा उद्योगमा दक्ष जनशक्तिको अभाव रहेकोले यस्ता किसमका तालिमबाट त्यस्तो अभाव हटाउन सकिने उनले बताइन् । देशभर करिव १ हजार गलैचा उद्योग सञ्चालनमा छन् । नेपालबाट युरोप, अमेरिका लगायत विकिसित मुलुक गलैचा निर्यातका लागि प्रमुख गन्तव्य मानिन्छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell