PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

उत्तर कोरियाली नेताको दाई मारेको आरोपमा महिला जासुस पक्राउ



पहिलोपोस्ट

उत्तर कोरियाली नेताको दाई मारेको आरोपमा महिला जासुस पक्राउ

उत्तर कोरियाली नेता किम जोङ् उनका दाजु किम जोङ् नेमको हत्यामा संलग्न रहेको आरोपमा मलेसियन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीले शंकास्पद २ मध्ये एक महिलालाई क्वालालाम्पुरको विमानस्थलबाट पक्राउ गरेको हो। किमलाई विषालु सुई दिएर उत्तर कोरियाली महिला जासुसले हत्या गरेको आशंका गरिएको थियो।

विमानस्थलको क्लोज सर्किट टेलिभिजनमा किम जोङ्ग नेमको स्वास्थ्य बिगर्नु अगाडि २ युवती देखिएका थिए। पक्राउ परेकी युवती त्यही २ महिलामध्ये एक भएको बताइएको छ।

बिबिसी हिन्दीका अनुसार पक्राउ परेकी महिलाको साथबाट भियतनामी पासपोर्ट फेला परेकाले उनी भियतनाम भाग्ने तयारीमा रहेको आशंका गरिएको छ।
उत्तर कोरियाले घटनाबारे केही बोलेको छैन। दक्षिण कोरियाले भने मारिएका ब्यक्ती उत्तर कोरियाका नेताको दाई भएको दावी गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell