
कपिलवस्तु : एक युवतीको सामुहिक बलात्कार गरेर भिडियो रेकर्ड समेत गरेको आरोपमा प्रहरीले २ जना पक्राउ परेका छन्।
माघ २६ बिहान १० बजे बाँसखोर गाविसमा रहेको मर्थी खोला नजिकै एक युवतीलाई बलात्कार गरेर भिडियो रेकर्ड गरेको आरोपमा २ जना पक्राउ परेका हुन्।
घटनामा ६ जना संलग्न रहे पनि प्रहरीले २० वर्षिय ‘बब्लु’ भन्ने अब्दुल रसिद मुसलमान र २० वर्षीय राहत हुसेन मुसलमानलाई मात्र पक्राउ गरेको हो। उनीहरुलाई बुधवार सार्वजनिक गरेको थियो।
सामूहिक बलात्कारमा संलग्न अन्य फरार भएकाको विशेष प्रहरी टोली गठन गरी खोजतलास गर्न प्रहरी परिचालन गरिएको प्रहरीले दावी गरेको छ।
रासस