PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

​महादेवको मूर्ति निर्माणका लागि महायज्ञबाट तीन करोड सङ्कलन



पहिलोपोस्ट

पोखरा ; कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेवको मूर्ति निर्माणका लागि मङ्गलबारदेखि सुरु भएको महायज्ञमा उत्साहजनक सहयोग सङ्कलन हुन थालेको छ। 

महायज्ञको दोस्रो दिन बुधबारसम्म रु तीन करोडभन्दा बढी सहयोग सङ्कलन भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए। उनका अनुसार प्रसिद्ध उद्योगपति मुरलीधर रुङ्गटाले रु ५० लाख नगद सहयोग गरेका छन्। 

समाजसेवी दाताद्वय कलावती बराल र राधिका बरालका छोराहरू वासुदेव बराल, चन्द्रकान्त बराल, युवराज बराल, टीकाराम बराल, निर्मलराज बराल र मात्रिकाप्रसाद बरालबाट रु ७५ लाख बराबरको नगद तथा भूमिदान प्रदान गरिएको छ। 

महायज्ञमा पूर्वसांसद स्व मीनबहादुर गुरुङको स्मृतिमा उनका छोराहरू अशोक गुरुङ र राजु गुरुङले रु २५ लाख सहयोग गरेका छन्। समाजसेवी लीलाभक्त आचार्यले रु २५ लाख सहयोग गरेको प्रचारप्रसार संयोजक माधव रेग्मीले जानकारी दिए। 

राजेशबाबु श्रेष्ठले आफना बुबा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा रु २५ लाख नगद सहयोग गरेका छन्। दुर्गादत्त बराल ९साँहिला साहु०ले रु २५ लाख बराबरको भूमिदान गरेका छन्। 

त्यस्तै, खेमराज पौडेल, इन्द्रराज पौडल, भुवन पौडेल, शिवकुमार पौडेल र रामप्रसाद पौडेलले संयुक्तरुपमा तीन रोपनी पाँच आना क्षेत्रफलको जग्गा दान गरेको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष मात्रिका बरालले जानकारी दिए। 

त्यस्तै, अन्य सहयोगदाताहरूमा नरहरि बराल र डिल्लीराम बरालले संयुक्तरुपमा रु दुई लाख ५५ हजार ५५, गुरुदत्त बरालले रु दुईलाख २५ हजार पाँचसय ५५, शेषकान्त बरालले रु दुई लाख २५ हजार पाँचसय ५५ र भवनराज बरालले रु दुई लाख २५ हजार पाँचसय ५५ सहयोग गरेको महायज्ञ मूल आयोजक समितिका महासचिव प्रकाश बरालले जानकारी दिए। महायज्ञ आगामी फागुन १३ गतेसम्म चल्नेछ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell