PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

​अफगानिस्तानमा सुरक्षा कारबाहीमा कम्तीमा २६ लडाकुको मृत्यु



पहिलोपोस्ट

​अफगानिस्तानमा सुरक्षा कारबाहीमा कम्तीमा २६ लडाकुको मृत्यु

काबुल : अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा २६ जना लडाकूको मृत्यु भएको छ। कारवाहीमा अन्य आठ जना घाइते भएका छन्। 

‘गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा विद्रोहीविरुद्ध सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा २६ जना मारिएका छन्, थप आठ जना घाइते भएका छन’, रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

मृत्यु भएकामध्ये २२ जना इस्लामिक स्टेट (आईएस) आवद्ध लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ। 

देशभरका ३४ प्रान्तमध्ये ११ प्रान्तमा सरकारले पर्याप्त हातहतियारसहित संयुक्त सुरक्षा फौज बनाइएर सुरक्षा कारबाही तीव्र पारेको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell