PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

युसिएल : आर्सनलमाथि वायर्नको रवाफ, रियलको पुनरागमन जित



पहिलोपोस्ट

युसिएल : आर्सनलमाथि वायर्नको रवाफ, रियलको पुनरागमन जित

युरोपियन च्याम्पियन्स लिग (युसिएल)अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा खेलमा बुधबार वायर्न म्युनिख र रियल मड्रिड विजयी भएका छन्।

जर्मन क्लब वायर्नले इंगलिस क्लब आर्सनलमाथि ५-१ को शानदार जित हासिल गर्दा स्पानिस क्लब रियलले इटालियन क्लब नेपोली विरुद्ध कमब्याक जित हासिल गर्‌यो। रियलले एक गोलले पछि परेको अवस्था उल्टाउँदै नेपोलीलाई ३-१ ले हरायो।

रियलको घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा आठौं मिनेटमै लेरेन्जो इनसिग्नेले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए। तर १७ औं मिनेटमा बरिम बेन्जामाले बराबरी गोल फर्काए। रियलका लागि ४९ औं मिनेटमा टोनी क्रुस र ५४ औं मिनेटमा कसमिरोले गोल गरे ।

घरेलु मैदानमा वायर्नलाई शानदार जित दिलाउन थियागो अलकान्टारोले २ गोल गरे। एघारौं मिनेटमा आर्जेन रोवेनले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए। ३० औं मिनेटमा आर्सनलका एलेक्सिस सान्चेजले बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकियो।

तर दोस्रो हाफमा वायर्नले ४ गोल थप्यो। रोवर्ट लेवान्डास्कीले ५३ औं मिनेटमा गोल गर्दै वायर्नलाई पुनः अग्रत दिलाए। थियागोले ५६ औं र ६३ औं मिनेटमा गोल गरे। ८८ औं मिनेटमा थोमस मुलरले वायर्नका लागि पाँचौं गोल गरे।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell