PahiloPost

Jun 24, 2026 | १० असार २०८३

​पाँच किलो चाँदीसहित वीरगन्जमा एकजना पक्राउ



पहिलोपोस्ट

वीरगन्ज : पर्सा प्रहरीले तस्करी गरी नेपाल ल्याउँदै गरेको चार लाख रुपैयाँ बराबरको चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

वीरगन्ज छपकैया–३ बस्ने ५० वर्षीय बाबुलाल साहलाई चाँदीसहित पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।

बुधबार दिउँसो करिव १ बजे भारत रक्सौलबाट मोटरसाइकलको सिटमुनि चाँदीको गहना लुकाई वीरगन्ज आउँदै गर्दा वीरगन्ज भन्सार नजिक रजतजयन्ती चोकमा प्रहरीले साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिगएको प्रहरी टोलीले आकस्मिक चेकिङ गर्ने क्रममा चाँदी तस्कर साह पक्राउ गरेको थियो। साहको बा २४ प १४२ नं को मोटरसाइकल खानतलासी गर्दा सिटमुनि लुकाईछिपाई राखेको अवस्थामा चांदी गरगहना फेला परेको थियो।

उक्त चाँदीको सामानको खरिद विल माग गर्दा साथमा कुनै खरिद विल तथा आधिकारिक कागजात समेत नभएकोले कानुन बमोजिम कारवाही अगाडि बढाइएको हो। पक्राउ परेको  करिब तीन लाख ९६ हजारको साढे ५ किलो चाँदी राजस्व अनुसन्धान विभाग पथलैया पठाइएको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell