PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

जनकपुरका अनशनकारीको स्वास्थ्य अवस्था गम्भीर, थर्ड एलायन्सको ध्यानाकर्षण



पहिलोपोस्ट

धनुषा : जनकपुरमा विकास निर्माणका लागि विभिन्न माग गर्दै आमरण अनशनमा बसेका अनशनकारीको स्वास्थ्य अवस्था विग्रिँदै गएकोप्रति तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)को गम्भीर ध्यानाकर्षण भएको छ।

विगत १४ दिनदेखि शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा पनि नेपाल सरकारको कुनै पनि निकायले वास्ता नगरेको भन्दै थर्ड एलायन्स केन्द्रीय कार्यालयका मानवअधिकार अधिकृत किरणकुमार कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बृहत्तर जनकपुर विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा, नयाँ शक्ति पार्टी नेपालका कलामुद्दिन राइन र मिथिलेश दासको स्वास्थ्य अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएकाले जीवनको अधिकार नै सङ्कटमा परेको मानवअधिकार अधिकृत कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सो विज्ञप्तिमा ‘अनशनकारी उठबस गर्नमा समेत समस्या परेको कुरा अनुगमनबाट देखिएको हुनाले समयमै उहाँहरुको स्वास्थ्यप्रति ध्यान दिनुपर्ने नितान्त आवश्यक देखिन्छ। नेपाल सरकारले यथासम्भव अनशनकारीको मागलाई गम्भीरताका साथ लिई यथाशीघ्र सहमति सम्झौता गरी जीवनको अधिकारलाई संरक्षण गर्न सम्बन्धित सबैमा सञ्जालको माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell