द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसीसीआई)ले इन्डियन प्रिमियर लिग (आइपिएल)को दशौं संस्करणको खेल तालिका सार्वजनिक गरेको छ।
तालिका अनुसार यस सिजनको पहिलो खेल आगामी अप्रिल ५ मा हैदरावादस्थित राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ।
उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदारावाद र गत संस्करणको उप विजेता रोएल च्यालेन्जर्स बैंगलोरबीच हुनेछ।
४७ दिन सम्म सञ्चालन हुने प्रतियोगिता विभिन्न १० भेन्युमा खेलाइनेछ। तालिका अनुसार सहभागि ८ टीमले कुल १४ खेल खेल्नेछन् जसमा ७ खेल होम भेन्युमा हुनेछ।
आइपिएलको लागि अक्सन यही फेब्रुअरी २० मा बैंगलोरमा हुँदैछ। यसअघि नै ८ वटै टीमले खेलाडी रिटेन गर्ने र रिलिज गर्ने गरिसकेका छन्।