PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्न महायज्ञ



पहिलोपोस्ट

राजविराज : एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्ने उद्देश्यले सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरियामा बुधबारदेखि यहाँ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।

श्रीमद्भागवत सप्ताह पुराणको पूर्वसन्ध्यामा बुधबार मलेकपुर, खुरहुरिया, छपकी, भथौला, धौनकी, अण्डीपट्टी, बाजितपुर, सिम्राहा सिङ्गियोन लगायतका गाउँबाट सहभागी महिलाले स्थानीय घोडदह नदीमा जल भरेर खुरहुरियाको रामजानकी मन्दिर, जमुनी, खरसाल हुँदै सप्तरी सदरमुकाम राजविराजको विभिन्न वडा परिक्रमा गरी खुरहरियास्थित डिहबार स्थानमा पुगेर भव्य शोभा कलश यात्रा गरी टुङ्गिएको थियो।
 
बाल व्यास विदूषि सुश्री सुविना देवीबाट भक्ति सङ्गीतमय कथा एवम् देव लीला झाँकी आजदेखि सो महायज्ञमा प्रदर्शन हुने बताइएको छ। पूजाअर्चना र आरती बिहान ७ देखि ८ बजेसम्म, श्रीमद्भागवत पाठ पारायण बिहान ८ देखि ११ बजेसम्म हुने तथा सङ्गीतमय कथा प्रवचन दिउँसो २ देखि साँझ ६ बजेसम्म, महात्मा भक्ति सङ्गीत साँझ ७ देखि रात्रि ९ बजेसम्म, फागुन ११ गते तिल अर्पण र जागरणसमेत हुने यज्ञ आयोजक समितिले जनाएको छ।
 
त्यस्तै, फागुन १२ गते समापन एवम् पूर्णाहुति र मुक्तिनाथको शालिग्रामको दर्शनसमेत गराइने कार्यक्रम रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell