PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वीरगञ्ज नाकाबाट पर्यटक आवागमन घट्यो, भैरहवा भएर नेपाल आउने बढे



राधेश्याम पटेल

वीरगञ्ज नाकाबाट पर्यटक आवागमन घट्यो, भैरहवा भएर नेपाल आउने बढे

वीरगञ्ज : देशको मुख्य नाका वीरगन्जबाट तेस्रो मुलुकका पर्यटकको नेपाल आवागमन घटेको छ। सन् २०१६ मा यस नाकाबाट पर्यटकको आवागमन घटेको अध्यागमन कार्यालय वीरगन्जको तथ्यांकले देखाएको छ। 
 
नाकाबन्दीपछि वीरगञ्ज नाकाबाट पर्यटक आउने क्रम घटेको हो। नाकाबन्दीपछि भैरहवा नाकाबाट पर्यटक बढी भित्रिएकाले वीरगञ्जमा घटेको कार्यालयले जनाएको छ। सन् २०१६ मा यस नाकाबाट ९ सय ९ तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेका थिए । सन् २०१५ मा  ९ सय ५० पर्यटक यो नाकाबाट नेपाल आएका थिए र ९ सय ३६ बाहिरिएका थिए।
 
डिसेम्बर महिनामा यस नाकाबाट १ सय ११ पर्यटक भित्रिएका र २ सय ५० बाहिरिएका छन्। सबैभन्दा कम जुन महिनामा २२ भित्रिएका र ३१ बाहिरिएका छन्। २०१६ मा आफ्नै मुलुकबाट भिसा लिएर आएका २ सय ५२ पर्यटक छन्। वीरगन्जस्थित अध्यागमन कार्यालयबाट ९० दिनको भिसा लिएर नेपाल प्रवेश गरेका २६, ३० दिनको भिसा लिएका २ सय ३८, १५ दिनको भिसा लिएका ३ सय ३२ र सार्क मुलुकका ६१ पर्यटक छन्।
 
यस नाकाबाट अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, बेलायत, जर्मनी, थाइल्यान्ड, फ्रान्स, चीन गरी करिब ५० मुलुकका पर्यटक आउने गरेको कार्यालयका नायब सुब्बा शिवशंकर प्रसाद यादवले बताए।
 
वीरगन्ज नाकाबाट बाहिरिने अधिकांशको गन्तव्य भारतको प्रसिद्ध बौद्ध धार्मिकस्थल बोधगया, दिल्ली, कोलकाता, मुम्बई आदि सहर हुने गरेको छ। पर्यटकको आवागमन घट्नुको मुख्य कारण यही हो भनेर भन्न नसकिने अध्यागमन कार्यालय वीरगन्जका नासु यादवको बताए। पछिल्लो केही वर्षयता लुम्बिनीमा पर्यटकको आवागमन अत्यधिक बढेपछि पर्यटकले नाका परिवर्तन गरेको हुन सक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell