PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​स्ववियू निर्वाचन केही दिन सार्न विद्यार्थी संगठनको प्रस्ताव



पहिलोपोस्ट

​स्ववियू निर्वाचन केही दिन सार्न विद्यार्थी संगठनको प्रस्ताव

काठमाडौँ :स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन सार्न विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्ने भएका छन्।

प्रमुख तीन विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीले निर्वाचन पाँच दिन सार्ने सहमति गरेका हुन्। अनेरास्ववियूका प्रवक्ता आरसी लामिछानेले पहिलोपोस्टसित भने– 'हामीले पाँच दिन सार्न भनेका छौँ। अरुले पनि एक साता सारौँ भनेका छन्। तर केही दिन सार्दा उचित हुन्छ भन्ने नै कुरा हो।'

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि त्रिभुवन विश्वविद्याले फागुन १४ गतेको मिति तोकेको थियो। तर विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठनहरुले राजधानीसहित देशभरका आङ्गिक क्याम्पसहरुमा तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन।

'अब त्रिभुवन विश्वविद्यालले प्रधानमन्त्रीले भनेजस्तो १४ गते नै निर्वाचन गर भन्न पनि सक्नेभयो वा उसले हाम्रो सहमति जस्तो पाँच दिन वा केही दिन सार्न पनि सक्ने भयो। अब विश्विद्यालयको कोर्टमा बल छ', लामिछानेले भने।

प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार १४ गते नै निर्वाचन गर्ने समझदारी भएको थियो।

कतिपय क्याम्पसहरुमा निर्वाचन कार्यतलिकाअनुसार काम अगाडि बढे पनि राजधानीका क्याम्पसहरुमा नामावली प्रकाशन लगायतका काम हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell