
फिल्म 'रईस'ले समिक्षात्मक रुपमा सन्तोषजनक प्रतिक्रिया नपाएपनी व्यवसायिक हिसाबमा बक्स अफिसमा राम्रो रेकर्ड बनायो। जनवरी २५ देखि अझै प्रदर्शनरत फिल्म रिलिज भएको तीन दिनमै सय करोड क्लबमा प्रवेश गरेको थियो। फिल्मले व्यवसायिक रुपमा जोडिएका सबैलाई फाइदा गर्यो त?
इन्डियाका लागि सम्पुर्ण थियटरमा डिस्ट्रिब्युशन राइट्स खरिद गरेका अनिल थादानीका अनुसार उनी अझै रईसका लागि गरेको लगानी उठाउन प्रयासरत छन्। बलिउड हंगामाले जनाए अनुसार उनले फिल्म वितरण राइट्सका लागि ७० करोड लगानी गरेका थिए। भने,'हालसम्म ६० देखी ६५ करोडको हाराहारीमा रकम उठेको छ।'
उनले आफूलाई फाइदा नभएपनी लगानी उठाउन सके राहत हुने अभिव्यक्ती दिएका छन्। फिल्मले हालसम्ममा देश भित्र र बाहिर गरी २६७ करोडको व्यवसाय गरिसकेको छ।
फिल्म निर्माण युनिटको पक्षमा भने फिल्मले राम्रो गरेको छ। ८७ करोडको लगानीमा बनेको फिल्मबाट युनिटले राम्रो फाइदा कमायो। फिल्मको प्रचार प्रसारको लागि मात्र १७ करोड खर्च भएको थियो ।